१८ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख ०९, २०७९

काठमाडौं – नेपालसँग हुने एक दिवसीय र टी-२० श्रृङ्खलाका लागि जिम्बाबे क्रिकेट बोर्डले १५ सदस्यीय टोली घोषणा गरेको छ ।

बिहीबार घोषित टोलीमा ठूला स्टार खेलाडी नरहे पनि जिम्बाबेको राष्ट्रिय टोलीबाट खेलिसकेका ८ खेलाडी छन् । नेपाल आएर ईपीएल खेलिसकेका सिकन्दर राजा र राएन बर्ल भने जिम्बाबे एघार टिममा समावेश छन् ।

आगामी जुनमा हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा ध्यानमा राख्दै जिम्बाबेले विभिन्न देशको ए टिम र सिनियर टिमसँग श्रृङ्खला खेल्दैछ ।

ए टोली नेपाल आउँदा जिम्बाबे एघारले घरेलु मैदानमा दक्षिण अफ्रिका ए टिमसँग पनि श्रृङ्खला खेल्दैछ ।
नेपाल आउने टोलीमा रहेका मध्ये भिक्टोर न्याचीले ६ टेष्ट खेलेका छन् । यस्तै ल्युक जोङ्गवेले जिम्बाबेका लागि सबै फर्म्याटमा खेलिसकेका छन् । यी तीव्र गतिका बलरले जिम्बाबेका लागि १ टेस्ट, २८ ओडिआई र २२ टी-२० आई खेल खेलेका छन् । टी-२० मा उनले ३३ विकेट लिएका छन् ।

टिनोटेन्डा मुतोम्बोड्जीले १ टेस्ट, १४ ओडीआई र १५ टी-२०आई खेलेका छन् ।

मभुता ब्रेन्डनले २ टेस्ट र ७ ओडीआई खेलेका छन् भने टोनी मुनयोंगाले ५ टी-२० आई खेलेका छन् । तादिवानाशे मारुमनीले ३ ओडीआई र ११ टी-२० आई खेलेका छन् ।

यस्तै रोए इन्नोसेन्टले ३ टेस्ट र १ टी-२० आई तथा काइया इनोसेन्टले १ टी-२० खेल खेलेका छन् । रोए र काइया दाजु-भाइ हुन् ।

जिम्बाबे ए टोली यही अप्रिल २८ मा नेपाल आउनेछ । नेपाल र जिम्बाब्वे ए टिमबीच तीन एक दिवसीय र तीन टी-२० खेल हुनेछ ।

वैशाख १७ गतेदेखि एकदिवसीय शृङ्खला सुरु हुनेछ । जसमा पहिलो खेल १७ गते, दोस्रो खेल १९ गते र तेस्रो एक दिवसीय खेल २१ गते हुनेछ ।

यस्तै टी-२० शृङ्खला अन्तर्गत पहिलो खेल वैशाख २३ गते हुनेछ भने दोस्रो खेल २४ गते र तेस्रो खेल २६ गते हुनेछ ।

नेपाली टिम भने अझै घोषणा भएको छैन । मुख्य प्रशिक्षक पुबुदु दासानायके छुट्टीमा क्यानडा गएकाले उनी आएपछि मात्रै नेपाली टिमले तयारी सुरु गर्ने क्यानले जनाएको छ ।

नेपाल आउने जिम्बाबे ए को टोली

जोनाथन क्याम्पबेल, ब्राडली इभान्स, ट्रेभर ग्वान्डु, ल्यूक जोङ्गवे, इनोसेन्ट काइया, रोय काइया, क्लाइभ मडान्डे, तादिवानाशे मारुमनी, जोन मसारा, कुडजाई माउन्जे, ब्रेन्डन माभुता, टोनी मुन्योंगा, तिनोतेन्दा मुतोम्बोड्जी, भिक्टर न्याउची, तफाडवा सिगा

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]