१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख ०९, २०७९

पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका वडा नं.१६ घर भई हाल पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड बस्ने वर्ष १८ का रञ्जन सुनार रहेका छन् ।

बुधबार ईलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरी टोलीले पोखरा ३० पावरहाउसमा सवारीसाधन चेकजाँच गर्ने क्रममा तनहुँबाट पोखरा आउँदै गरेको बसमा सवार सुनारलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

सुनारको साथबाट डाईजापाम-५० एम्पुल, फेनेरागन-५० एम्पुल र नुर्फिन-५० एम्पुल गरी जम्मा-१५० एम्पुल लागूऔषध र एक थान मोबाईल बरामद भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

पक्राउ परेका सुनारलाई कास्की जिल्ला अदालतबाट आठ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]