१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०८, २०७९

सिरहा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ४ चोहर्वामा यात्रुबाहक वस र टिफर आपसमा ठोकिदा ३१ जना घाईते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जन्ती बोकेर फर्किरहेको ना. ६ ख ८२०१ नम्वरको बस र विपरित दिशाबाट आईरहेको को. १ ख ५४३४ नम्वको टिफर आपसमा ठोकिंदा महोत्तरीको भङ्गहा नपा ३ टिकुलियाका ४४ वर्षिय सुनिल सिंह, ६५ वर्षिय महेन्द्र चौधरी, गौशाला नपाका ४५ वर्षिय लालो चौधरी, धनुषाका १२ वर्षिय अर्जुन चौधरी, दुवै गाडीका चालक सहित ३१ घाईते भएका छन् ।

जन्ती बोकेको बस सप्तरीबाट महोत्तरीको भङ्गहा फर्किरहेको अवस्थामा दुर्घटना भएको हो । दुर्घटनामा घाईते सवैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए । उनीहरुको स्थानीय लाईफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा उपचार भईरहेको छ ।

पश्चिमबाट आईरहेको ट्रकले अर्को गाडीलाई उच्छिन्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाई छ । दुवै चालक र सवारी प्रहरी नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]