
काठमाडौं – स्मार्टफोन ब्रान्ड कम्पनी रियलमीले नयाँ स्मार्टफोन सी-३५ नेपालमा सार्वजनिक गरेको छ।
रियलमीले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि सी सिरीज अन्तरगतको अरु भन्दा स्टाईलिश एन्ट्री लेभल स्मार्टफोन सी-३५ सार्वजनिक गरेको हो।
नयाँ स्मार्टफोन देशभरका युवा वर्गलाई लक्षित ल्याएको कम्पनीको दाबी छ।
नयाँ स्मार्टफोन सी-३५मा निम्न विशेषता रहेको कम्पनीले जनाएको छ।
५० एमपी कयामेरा
रियलमी सी-३५ मा फ्लागशिप स्तरको ५० एमपी प्राईमरी क्यामेरा, जिटी २ प्रो जस्तै ठूलो क्षेत्रफल र f/1.8 एपर्चर, फोटोमा धेरै विवरणहरु लिन सकिने र ब्लकबस्टर शट लिन प्रयोगकर्ताहरुलाई सजिलो अनुभव गराउँछ। रोमाञ्चक क्यामेरा अनुभव प्रदान गर्न रियलमी सी-३५ले थप f/2.8 B राखेको छ।
एन्ट्री लेभल मा स्टाईलिश डिजाइन
२०२२ मा सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोनको रुपमा डिजाईन गरिेएको, रियलमी सी-३५ ८.१ mm राईट–एङ्गल बेजेलको साथ आएको छ, जुन सी सिरीजमा सबैभन्दा पातलो फोन हो। यो डाईनामिक ग्लोईङ्ग डिजाइनले प्रयागेकर्ताको व्यक्तित्व झल्काउँछ र फ्युचरिस्टिक र ट्रेन्डी देखाउँछ। यसबाहेक, यो फोन दुई भिन्न रङ्ग – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीनमा उपलब्ध छ।
आफ्नो श्रेणीमा उत्कृष्ट
सी सिरीज अन्तर्गत रियलमी सी ३५ ले TUV Smartphone High Reliability Certification / Real Quality गरी दुई भिन्न उच्च गुणस्तर प्रदान गर्दछ।
आफ्नो श्रेणीमा उत्कृष्ट प्रदर्शन
शक्तिशाली प्रोसेरसँग सुसज्जित रियलमी सी ३५ ले AnTuTu बेन्चमार्कमा २३०,७२६ स्कोर प्राप्त गरेको छ। यसबाहेक, रियलमी सी-३५, सी सिरीज अन्तर्गतको पहिलो फोन हो जसमा DRE Dynamic RAM विस्तार गरिएको छ, यसले लास्ट–जेन भन्दा पनि सहज अनुभव प्रदान गर्दछ ।
मेगा ब्याट्री र FHD डिस्प्लेको साथ उत्कृष्ट अनुभव
रियलमी सी३५ मा सी सिरीज अन्तर्गतको ५००० एमएएच् ब्याट्री र १८W फास्ट चार्जको फाइदा लिन सकिन्छ, जसले गर्दा यो स्ट्यान्डबाइमा ३९ दिनसम्म टिक्न सक्छ र ४९ मिनेटमा ५०% चार्ज गर्न सकिन्छ । यसबाहेक, सी सिरीज अन्तर्गत सी ३५ मा ६.६ ईन्च FHD फुलस्क्रिन राखिएको छ जसले आकर्षक भिजुअलको अनुभव प्रदान गर्दछ।
रियलमी सी ३५ दुइ फ्युचरिस्टिक आकर्षक डिजाइन र रङ्गहरुमा उपलब्ध छ – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीन। दुई स्टोरेज भेरियन्टहको मूल्य रु. २०,४९९ (4GB+64GB) र रु. २१,९९९ (4GB+128GB) रहेको छ। यी स्मार्टफोनहरु नेपाली बजारमा यही बैशाख ८ देखि उपलब्ध भएको छ।