१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०८, २०७९

सप्तरी – अहिले युवापुस्ता पब्जी र फ्रि फायरजस्ता अनलाइन माध्यमबाट खेलिने गेमको कुलतमा निकै फसेको देखिन्छ । त्यसमध्ये पनि धेरैजसो यो गेमको लतमा बालबालिकाहरु फसेको पाइएको छ । अभिभावकहरुले भुलाउनको निम्ति सानै उमेरदेखि मोबाइल दिने प्रवृत्तिले बालबालिकाहरु सामाजिक सञ्जालको कुलतमा फस्ने गरेको विश्लेषकहरुको बुझाइ छ ।

भौतिक रुपमा खेलिने खेलभन्दा ल्यापटप,कम्प्युटर र मोबाइलबाट घर वा कोठाको एउटा सीमित स्थानमा बसेर खेल्न सकिने भएकाले बालबालिकाहरु सुरक्षित भएको महसुस गर्दै अभिभावकहरुले यस्तो कुरामा बेवास्ता गर्ने गरेको देखिन्छ । तर,यसकै कारण बालबालिकाहरु देश विदेशमा रहेका अपरिचित व्यक्तिको संगतले बिग्रिरहेको उनीहरुलाई पत्तै हुँदैन ।

हालै मात्र फ्रि फायरबाट चिनजानमा परेकी एक बालिका बलात्कृत भएको घटना चर्चामा आएको छ । जसमा १३ वर्षीया एक बालिका फ्रि फायर गेमबाट चिनजानमा परेर २७ वर्षीय युवकको प्रेम सम्बन्धमा परिन् । ती युवकले बालिकालाई विवाह गर्ने प्रलोभन देखाएर एक वर्षदेखि विभिन्न माध्यमबाट कुरा गर्न थाले ।

ती पुरुष काठमाडौँको चन्द्रागिरी नगरपालिका ८ मातातीर्थ बस्ने २७ वर्षीय महेश उदास हुन् । उनले पनि ती बालिकासँगै लामो समयदेखि फ्रि फायर गेम खेल्ने गरेको खुल्नमा आएको छ । सो क्रममा प्रेमसम्बन्ध बलियो हुँदै जान थाल्यो । दैनिक फेसबुक, म्यासेञ्जरमा भिडियो कल तथा म्यासेजमार्फत मायापिरतीका कुराहरु हुन थाले । उदासका मीठा गफमा ती बालिका मोहित भइन् । उनलाई घरका आमाबुबा भन्दा बढी उदाशप्रति प्रेम जाग्न थाल्यो ।

एक वर्ष लामो कुराकानी एकाएक बिहे गर्नेसम्म पुग्यो । बिहेको प्रलोभन देखाएर उदासले गत चैत २९ गते बालिकाको घर पाल्पामै पुगी उनलाई मोटरसाइकलमा लिएर आए । तर,ती बालिकालाई आफ्नो घरमा नलगी टोखा नगरपालिका ६ स्थित बसुन्धरा पुर्याए । विडम्बना,बिहेको नाटक गरेका उदासले बालिकालाई बसुन्धरामा जबरजस्ती करणी गरिरहे ।

पाल्पाकी ती बालिका हराएको भन्दै केही दिनअगाडि मात्रै अभिभावकले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए । सोही निवेदनका आधारमा प्रहरीले खोजी कार्यलाई तीब्र रुपमा अघि बढाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतका वृत्त तथा प्रभागहरुले बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरी नगरपालिका ८, मातातीर्थमा ती बालिका फेला परिन् । त्यहिँबाट प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा युवकलाई नियन्त्रणमा लिएको हो ।

अहिले उदासविरुद्ध जबरजस्ती करणी गरेको कसूरमा जिल्ला अदालत काठमाडौंबाट १० दिन म्याद थपको अनुमति लिई प्रहरी वृत्त महाराजगञ्जबाट अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]