१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०८, २०७९

सुनसरी – घरमा नै पार्किङ गरी राखिएको कार चोरीमा संलग्न रहेका ४ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका वडा नम्वर १ का २० बर्षीय प्रदिप चौधरी, ईटहरी १३ का २० बर्षीय संजय सरदार, १९ बर्षीय नरेश सरदार र अबिनास सरदार रहेका छन् । राती सुनसरीको ईटहरी उपमहानगरपालिका १२ खनारका पुष्प नारायण चौधरीको घरबाट चोरी भएको बा ९ च ३४०३ नम्बरको कार मोरङको मंगलवारेमा बेवारीसे अवस्थामा फेला परेको थियो ।

कार फेला परेसँगै चोरीमा संग्लग्नहरुको खोजतलास गर्ने क्रममा घटनामा संलग्न रहेकाहरुमध्ये प्रदिप चौधरीलाई पुष्प नारायण चौधरीको घरबाट चोरी भएका अन्य सामानहरु मोवाइल, बिभिन्न बैकका एटिएम कार्डहरु सहित ईटहरी १२ बाट पक्राउ गरिएको थियो ।

निजलाई पक्राउ गरिएसंगै उक्त घटनामा संग्लग्न रहेका अन्य तीन जनालाई समेत पक्राउ गरी चोरी मुद्दामा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]