१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०८, २०७९

धरान – सत्तारूढ गठबन्धनको शीर्ष नेताहरूले महानगर-उपमहानगरको भागबन्डा मिलाएसँगै स्थानीय स्तरमा वडाहरुको बाँडफाँट पनि सुरू भएको छ।

सुनसरीको धरान उपमहानगरमा सत्ता गठबन्धनले वडाहरूको उम्मेदवारी कसले पाउने टुंगो लगाएका छन्।

धरानमा मेयरसहित नेपाली कांग्रेसले १३ वडा, माओवादी केन्द्रले उपमेयर सहित ४ वटा वडा, जनता समाजवादी पार्टीले २ वडा र नेकपा समाजवादीले १ वटा वडामा सहमति भएको छ।

दलहरूको सहमति अनुसार नेपाली कांग्रेसले प्रमुखसहित १३ वडामा वडाध्य्क्षको उम्मेदवारी पाउने भएको छ।

धरानको १,२,५,६,७,८,९,११,१२,१३,१४,१६ र १८ नम्बर वडामा कांग्रेसले अध्यक्ष पाउने भएको हो।

यस्तै नेकपा मओवादी केन्द्रले उपप्रमुखसहित ४ वटा वडामा उम्मेदवारी दिने सहमति भएको छ। ३, १५, १७ र २० नम्बरको अध्यक्ष उसले पाउने भएको हो।

जनता समाजवादी पार्टीले दुई वटा वडा १० र १९ पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले वडा नम्बर ४ को अध्यक्ष पाउनेगरि सहमति भएको छ।

गठबन्धनका स्थानीय नेताले धरानको समग्र विकासका लागि उम्मेदवार छानिएको बताएका छन्। ‘धरानको समग्र विकास सबैको सहमतिमा गर्ने अठोटका साथ भएको यो गठबन्धनका सबै उमेद्वारलाई विजयी गराइ नेपालको पुरानो ऐतिहासिक उपमहानगरपालिकाको समग्र विकासको अगुवाइ गर्ने कार्यमा सबै दल सम्बद्ध नेता कार्यकर्ता,आम मतदाता र सञ्चार क्षेत्रका सबै सञ्चारकर्मी साथीहरुलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौं, ’ अपिलमा भनिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]