१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०८, २०७९

एजेन्सी – बलिउड अभिनेताद्वय अक्षय कुमार र इमरान हाशमी चलचित्र सेल्फीमा सँगै देखिने भएका छन्।

गुड न्यूजबाट निर्देशनमा डेब्यू गरेका राज मेहताले यो चलचित्रलाई निर्देशन गर्न लागेका हुन्।

सेल्फी मलयालम चलचित्र ड्राइभिङ लाइसेन्सको हिन्दी रिमेक हो। याे एक सुपरस्टार र एक प्रहरी अफिसरको कथा हो।

सुपरस्टारलाई जतिसक्दो चाँडो ड्राइभिङ लाइसेन्स चाहिन्छ, जसका लागि उनले अवैध रूपमा आफ्ना फ्यानको सहयोग लिन्छन्। फ्यान मोटर विभागका अधिकृत हुन् । तर पछि यो सहयोग दुवैलाई भारी हुन्छ।

पृथ्वीराज सुकुमारन र सूरज भेन्जारामुडुकाे अभिनय रहेकाे याे चलचित्रले बक्स अफिसमा हिट भएकाे थियाे।

राज मेहताले यो चलचित्र करण जोहरको धर्मा प्रोडक्सनको ब्यानरमा निर्देशन गर्नेछन्। यो राज मेहतासँगको दोस्रो फिल्म हो।

राज मेहताले चलचित्र गुड न्यूजबाट डेब्यु गरेका थिए। यसअघि राज मेहता, वरुण धवन, कियारा आडवाणी, नीतु कपूर, अनिल कपूर स्टारर चलचित्र जुग जुग जियोको सुटिङमा व्यस्त थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]