१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०८, २०७९

काठमाडौं – वेस्ट इन्डिजका ३४ वर्षीय अलराउन्डर किरोन पोलार्डले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। यद्यपि उनले फ्रेन्चाइज क्रिकेटमा भने नियमित खेल्ने छन्।

पोलार्डले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत एक भिडियो जारी गर्दै सन्नयासको घोषणा गरेका हुन्। पोलार्ड अहिले आईपीएलमा मुम्बई इन्डियन्सबाट खेलिरहेका छन्।​

पोलार्डले आफुले सोचविचार गरेर नै यो निर्णयमा पुगेको भन्दै उनले १० वर्षको उमेर बाटै वेस्टइन्डिजका लागि क्रिकेट खेल्ने सपना रहेको र त्यो पूरा भएको बताए। उनले भने ‘मलाई गर्व छ की मैले १५ वर्ष सम्म टी-२० र एकदिवसीयमा वेस्टइन्डिजका लागि खेल्न सकें।’​

पोलार्डले आफ्नो क्रिकेट करिअरमा १०१ टी-२० अन्तराष्ट्रिय र १ सय २३ एकदिवसीय खेल खेले। एकदिवसीयमा उनले २६.०१ को औषतमा २७०६ रन बनाउँदा ३ शतक र १३ अर्धशतक प्रहार गरेका छन्। त्यस्तै टी-२० अन्तर्राष्‍ट्रियमा उनले २५.३० को औषतमा १५६९ रन जोड्दा ६ शतक प्रहार गरेका छन्। पोलार्डले एकदिवसीयमा ५ र टी-२० अन्तर्राष्ट्रियमा ४२ विकेट समेत हात पारेका छन्।​

पोलार्डलाई २०१९ मा एकदिवसीय खेलको कप्तानको जिम्मेवारी दिएको थियो भने २०२१ को टी-२० विश्वकपमा पनि उनी क्यारेबियन टिमको कप्तानको भुमिकामा रहेका थिए। तर उनले टीमलाई सेमिफाइनलमा पुर्‍याउन भने सकेनन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]