धनगढी – कैलालीमा लागूऔषधिसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टीकापुर नगरपालिका-७ नारायणपुर बस्ने वर्ष २० का लोकेश शाही र २० वर्षीय सुरेश रावल रहेका छन्।
बुधबार सशस्त्र प्रहरी बल नेपाल बिओपी कालाकुण्डाबाट खटिएको टोलीले उनीहरूलाई १५० गोटा नाइट्राभेट, ६० गोटा विकेयर र १ ग्राम चरेशसहित पक्राउ गरेको हो।
उनीहरूलाई टीकापुर नगरपालिका–७ जयशंकरघाट सीमा इलाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुरामा बुझाइएको गणले जानकारी दिएको छ।