३० कार्तिक २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०८, २०७९

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले सहज जित निकालेको छ। बुधबार राति भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ९ विकेटले हराएको हो।

पञ्जाबले दिएको १ सय १६ रनको लक्ष्य दिल्लीले १०.३ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो। दिल्लीको जितमा डेभिड वार्नरले ६० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३० बलमा १० चौका र १ छक्का प्रहार गरे।

यस्तै, पृथ्वी शले २० बलमा ७ चौका र १ छक्कासहित ४१ रन बनाए। सर्फराज खान १२ रनमा अविजित रहे। पञ्जाबका राहुल चाहरले १ विकेट लिए।

यसअघि मुम्बईको ब्रेबोर्न स्टेडियममा पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा अलआउट हुँदै १ सय १५ रन जोडेको थियो।

पञ्जाबका जितेश शर्माले सर्वाधिक ३२ रन बनाए। उनले २३ बलमा ५ चौका प्रहार गरे। यता, कप्तान मायांक अग्रवालले १५ बलमा ४ चौकासहित २४ रन बनाए।

शाहरुख खान र राहुल चाहरले १२/१२ रन जोडे। पञ्जाबका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

दिल्लीका ललित यादव, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले २/२ विकेट लिए।

दिल्लीको यो तेस्रो जित हो। जितसँगै ६ खेलमा ६ अंक जोडेको दिल्ली छैटौं स्थानमा उक्लिएको छ। पञ्जाब ७ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]