१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०८, २०७९

काठमाडौं – प्रदेश १ मा तीन लाख ५१ हजार ६१० जना नयाँ मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनमा कूल २९ लाख ९३ हजार ७७४ जना मतदाता रहेका थिए।

प्रदेशमा १६ लाख ९९ हजार ८०० पुरुष, महिला १६ लाख ४५ हजार ५६१ र २३ अन्य गरी जम्मा ३३ लाख ४५ हजार ३८४ मतदाताले निर्वाचनमा आफ्ना मताधिकार प्रयोग गर्ने भएका छन्।

प्रदेशमा एक हजार ८७७ मतदानस्थल र चार हजार ५१ केन्द्र छन्। प्रदेशमा रहेका १४ जिल्लामा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्ने कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए।

जिल्लागत हेर्दा ताप्लेजुङमा ८९ हजार ६८० मतदाता रहेका छन् भने पाँचथरमा एक लाख ४० हजार २२४ मतदाता रहेका छन्।

त्यसैगरी, इलाममा २ लाख २४ हजार ७४८ मतदाता तथा ६ लाख ४५ हजार २३४ मतदाता रहेका छन्।

संखुवासभामा १ लाख १७ हजार ७३१ मतदाता रहँदा तेह्रथुममा ७२ हजार ८९५ मतदाता छन्। त्यस्तै, भोजपुरमा कूल १ लाख २५ हजार ९२६ तथा धनकुटामा १ लाख १५ हजार ९६४ मतदातारहेका छन्।

सबैभन्दा बढी मोरङमा ७ लाख १५ हजार २२३ मतदाता छन् भने सुनसरीमा ५ लाख ३४ हजार ७६५ मतदाताका रहेका छन्। सोलुखुम्बुमा ८० हजार १९ जना तथा खोटाङमा १ लाख ४३ हजार ७५२ जना मतदाता रहेका छन्।

ओखलढुंगामा १ लाख ७० हजार ८५ तथा उदयपुरमा २ लाख २३ हजार ३८ जना मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]