१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

बागलुङ – वडा कार्यालयको अनुदानबाट बागलुङ–३ का किसानले पशुपक्षीपालनमा लाभ उठाएका छन्। बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३३४ किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको हो।

वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ सापकोटाले स्थानीय जातका तीन हजार चल्ला वितरण गरिएको बताए। १०० पर्ने चल्लालाई किसानले ५० तिरेका थिए भने समितिमार्फत वडाले ५० अनुदान दिएको थियो। ‘एक जनाले आठदेखि १२ वटासम्म चल्ला पाउनुभएको छ, कुखुरापालनमा किसानलाई व्यावसायउन्मुख बनाउन अनुदान उपलब्ध गराइएको हो,’ अध्यक्ष सापकोटाले भने। अनुदानमा वडाको १ लाख ५० हजार खर्च भएको छ।

समितिले गाउँटोलसम्मै पुगेर किसानलाई चल्ला बाँडेको थियो। वडामा ठूलो लगानीमा स्थानीय जातका कुखुराको व्यावसाय गरिरहेका किसान पनि छन्। अध्यक्ष सापकोटा आफैँ पनि व्यावसायिक कुखुरापालक हुनुहुन्छ। समितिले अनुदानमा चल्ला वितरणसँगै वडाका १३२ गाईभैँसीको बीमाका लागि किसानलाई सघाएको छ। ‘वडाका अधिकांश किसानले पशु बीमा गर्नुभएको छ, रु एक करोड ७२ लाख बराबरको बीमा गरिएको छ,’ उनले भने।

एउटा भैँसीको अधिकतम् रु एक लाख १५ हजारसम्म मोल गरी बीमा गरिएको छ। गाईभैँसीको निर्धारित मूल्यको ८० प्रतिशत बीमा सरकारले र बाँकी २० प्रतिशतमा आधाआधा गरी समिति र किसानले तिरेका छन्। वडाको बजेटमध्ये पुश बीमामा रु ६८ हजार खर्च भएको समितिले जनाएको छ। त्यति नै रकम किसानले पनि हालेका छन्। कूल बीमा रकममा किसानले वर्षेनी आफ्नो दायित्ववापतको पैसा तिर्नेछन्। वडाले आउँदो वर्षमा पनि बीमा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

एउटै भैँसीको मृत्यु भए किसानलाई झण्डै १ लाख क्षति हुने हुँदा बीमाले त्यसको जोखिम घटाउने समितिको भनाइ छ। व्यावसायिकरूपमा पशुपक्षीपालनका लागि वित्तीय संस्थाबाट ऋण लिँदा पनि बैंकहरुले बीमा खोज्ने गरेको किसान बताउँछन्। सरकारले कृषि तथा पशुबीमा कार्यक्रम ल्याएपछि व्यावसायिक ‘फार्म’हरूलाई बढी टेवा पुगेको छ। कुनै कारणले व्यवसायमा क्षति पुगेमा बीमाबाट सोको क्षतीपूर्ति मिल्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]