
जनकपुरधाम- महोत्तरीको भंगहा नगरपालिकाका मेयरले सामाजिक सुरक्षा भत्ता नबाँडेको भन्दै स्थानीय कुमारी बैंकमा ताला लगाएका छन्।
नगरपालिकाबाट खातामा जम्मा गरेको पैसा बैंकले ४ महिनासम्म पनि वितरण नगरेको भन्दै मेयर सञ्जीव कुमार साहले सीतापुर बजारमा अवस्थित सो बैंकको मूल गेटमै ताला लगाएका हुन्।
मेयर साहले नगरपालिकाले करिव ४/५ महिना पहिले नै वृद्धभत्ता र एकल महिला भत्ताको पैसा बैंकमा जम्मा गरिसक्दा पनि बैंकले हालसम्म नबाँडेकाेले बाध्य भएर ताल्चा लगाएको जानकारी दिए।
उनले भने, ‘बैंकलाई पटक पटक भत्ता बाँड्न आग्रह गरेपनि कुनै सुनुवाई नगरेकाेले आज ताल्चा लगाएको हाे’।
मेयर साहले बैंकमा तालाबन्दी गरेपछि बैंकको सम्पूर्ण सेवा प्रभावित भएकाे छ।