२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

अवैध सामान लोड गरिएको एउटा पिकअप भ्यानलाई सशस्त्र प्रहरीले मोरङको रङ्गेली नगरपालिका–६ मधुवनीबाट नियन्त्रणमा लिएको छ । भन्सार छली गरेको सामान लोड गरेर भारतबाट नेपाल छिरेको प्रदेश १–०४–००१ च ०३६० नम्बरको पिकअपलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिएर पिकअप खानतलासी गर्दा विभिन्न ४८ प्रकारका तस्करीका सामान फेला पारिएको छ । बरामद गरिएका सामानको बिल लगायतका कागजपत्र फेला पार्न नसकिएको उनले बताए । तस्करीको सामान लोड गरेर पिकअप मङ्गलबार साँझ ६ बजेतिर रङ्गेलीको मधुवनी आइपुगेको थियो । सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रङ्गेलीका प्रहरी निरीक्षक कमलबहादुर अधिकारी नेतृत्वको टोलीले रोक्न खोज्दा पिकअप छाडेर चालक फरार भएको एसपी लामिछानेले बताए ।

चालकको खोजी भइरहेको सशस्त्रले जनाएको छ । पिकअपका धनीको पनि पहिचान खुलेको छैन । तर सशस्त्रले बरामद भएको सामानसहित पिकअपलाई आवश्यक कारबाहीका लागि बुधबार विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

एसपी लामिछानेले पिकअपबाट साइकल र मोटरसाइकलका पार्टपूर्जा, कपडा, चप्पल, जुत्ता, कार्पेट, हारबोजाइन लिक्विड, इलेक्ट्रिक मोटर, एयर मोटर, टेन्ट, प्लाष्टिकका प्लेटलगायतका सामानहरू बरामद भएको जानकारी दिए । सामान र पिकअपको मूल्य २२ लाख पाँच हजार रूपैयाँ बराबर कायम भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]