१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

काठमाडौं – बलिउडका दुई हस्ती रणवीर कपुर र आलिया भट्टले गत हप्ता विवाह गरे। बलिउडसहित आलिया र रणविरसँग परिचित सबै माझमा उनीहरुको जोडी निकै चर्चामा छ।

यसबीच आलियाका साथी तथा दिदीबहिनीहरुले रणवीरको जुत्ता लुकाउँदा मागेको पैसा खुलेको छ। हिन्दुस्तान टायम्सकाअनुसार आलियाका साथी तथा दिदीबहिनीहरुले जुत्ता लुकाएवापत ११ करोड ५० लाख भारतीय रुपैयाँको माग गरेका थिए।

आखिर रणविरले उनीहरुलाई कति दिए त?

सञ्चारमाध्यमकाअनुसार रणविरले उनीहरुलाई खाममा हालेर १ लाख रुपैयाँ दिएका छन्। कपुर परिवारसमक्ष ११ करोड ५० लाखको माग गरे पनि उनीहरुले केवल १ लाख रुपैयाँ पाएका छन्।

यता रणवरिलाई भने आलियाको परिवारले २ करोड ५० लाख बराबरको घडी उपहारमा दिएका छन्। त्यत्ति मात्रै नभएर विवाहमा आएका आफन्तहरु सबैलाई कश्मिरी सल पनि उपहारमा दिइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]