१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

काठमाडौं – बलिउड अभिनेत्री आलिया भट्टको फिल्म ‘गंगुबाई कठियाबाडी’ अप्रिल २६ बाट ओटिटी माध्यम नेटफिल्क्समा रिलिज हुने भएको छ। सिनेमा हलमा फेब्रुअरी २५ मा प्रदर्शनमा आएको फिल्म २६ अप्रिलबाट नेटफिल्क्समा प्रदर्शनमा आउन लागेको हो।

सञ्जय लिला भन्सालीको निर्देशनमा बनेको यो फिल्मले सिनेमा हलमा निकै राम्रो प्रदर्शन गरेको थियो। फरक भूमिकामा देखिएकी आलियाको अभिनयदेखि फिल्मको कथावस्तुलाई दर्शकले निकै मन पराएका थिए।

हलमा चर्चा कमाएको फिल्म अब भने नेटफिल्क्समा प्रदर्शनमा आउन लागेको हो। बुधबार नेटफिल्क्स इण्डियाको आधिकारिक सामाजिक सञ्जालले फिल्म अप्रिल २६ मा रिलिज हुने जानकारी दिएको हो।

१५० करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको यो फिल्ममा कथा हुसैन जैदीको रहेको छ। फिल्मले सिनेमा हलमा भएको प्रदर्शनबाट करिब सय करोड भारतीय रुपैयाँको आम्दानी गरेको थियो।

फिल्ममा आलिया भट्टसँगै विजय राज, बरुन कपुर, अजय देवगण, सन्तानु महेश्वरी, फ्लोरियन डिब्रालगायतका कलाकारको अभिनय थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]