१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

काठमाडौं – अभिनेता पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कार घटनामा पीडित भनिएकी नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा बयान फेरेसँगै ‘ट्वीस्ट’ आएको छ।

जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले पलले बलात्कार नगरेको भनेर बयान दिएसँगै घटनाले नयाँ मोड लिने आकलन भइरहेको छ।

त्यसक्रममा उनले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको बयान दिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

नाबालिग बाहेकको बकपत्र अन्योलमा

आइतबार नाबालिग गायिकाको बयान सकिएपछि आज उनका बुवासहित अन्यको बकपत्र गर्ने तयारी थियो। तर बकपत्र केही समय नहुने देखिएको छ। बयान रोकिने भएसँगै मुद्दा थप केही समय चल्ने देखिएको छ।

तनहुँ जिल्लाका सरकारी वकिल कार्यालयका प्रमुख रामचन्द्र शर्माले आज भोलि नै अन्यको बकपत्र हुने सम्भावना न्यून रहेको नेपाल लाइभसँग बताए।

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि अधिकृतहरु खटिएर जानु पर्ने भएसँगै जाहेरीकर्तासहित अरु साक्षीको बकपत्र आज भोलिमै हुने सम्भावना कम रहेको उनको भनाइ छ।

पल प्रकरणमा ‘ट्वीस्ट’पछि अन्सारी भन्छिन्– पुरुषार्थको विजय कसरी हुन्छ साक्षी भइयो

‘निर्वाचनका लागि अधिकृतहरु खटिएर जानुपर्ने र अरु साक्षीहरु झिकाए पनि बकपत्र हुने सम्भावना कम भएकाले आज भोलि नै बकपत्र हुँदैन’ शर्माले भने। अब बकपत्र वैशाख ३० को निर्वाचनपछि मात्र हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ।

अदालतले चाहेमा अन्य साक्षीलाई झिकाउन वा उनीहरु उपस्थित भएमा बकपत्र गरेर निर्णयमा पुग्ने उनको भनाइ छ।

बकपत्र सरकारी साक्षीको रुपमा पेस गर्नु पर्नेमा पीडित भनिएको पक्ष ‘होस्टाइल’ भएको आशंका गरिएको अदालत स्रोतको भनाइ छ।

पल प्रकरणमा नाबालिग गायिकाले बयान फेरेपछि पूजा भन्छिन्– धन्यवाद भगवान्

नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै शाह जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए। तनहुँमा बलात्कार कसुरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो। दुवै घटनाको पीडित उही नाबालिग थिइन्।

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालत (तनुहँ र नवलपुर)मा मुद्दा दायर भएको छ। दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए। हाल उनी तनहुँ कारागारमा छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]