०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

सप्तरी – दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ।

अहिले विद्यार्थी झन्डै ३२ डिग्री चर्को घाममा बसेर परीक्षा दिन बाध्य छन्। “परीक्षासमेत प्रभावित भएको छ । नियमित कक्षा सञ्चालन गर्न समस्या छ”, विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाले भने।

छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ। गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो। विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाका अनुसार यसअघि तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदै आएको थियो।

कक्षा ४, ५र ६ का विद्यार्थी छाप्रोमा पढ्नुपर्ने अवस्था थियो। विसं २०२८ मा स्थापना भएको उक्त विद्यालयको भवन जीर्ण छ । पुरानो भवन भत्काएर नयाँ निर्माण गरिँदै छ। विद्यालय भवन निर्माण पूरा नहुँदा पठनपाठनमा बाधा पुगेको प्रधानाध्यापक राणा बताउँछन्।

गत कात्तिकमा भवन भत्काएर नयाँ निर्माण थालिएको हो। ‘छाया नेपाल’ले सँगसँगै निर्माण थालेको तुलसीपुर–७ कालाखोलास्थित भवनको काम अन्तिम चरणमा पुगेको छ तर, अम्बासको भवन निर्माणको काम भने सुस्त गतिमा छ।

विद्यालयका प्रअ राणाका अनुसार असार मसान्तसम्म सक्ने गरी सम्झौता भए पनि विद्यार्थीको पठनपाठनलाई मध्यनजर गरी छिट्टै पूरा गर्ने गरी अगाडि बढ्ने आश्वासन दिइएको थियो।

रु एक करोड ४३ लाखको लागतमा आठ कोठाको भवन निर्माण गरिँदै छ। कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा हाल २४५ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा १४ शिक्षक कर्मचारी कार्यरत छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]