२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

सशस्त्र प्रहरीले विराटनगरबाट तस्करीका सामान बरामद गरेको छ । भारतबाट भन्सार छली गरेर अवैध रूपमा भित्राइएका कपडा, किराना पसलका सामान र मोबाइलका पार्टस् बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानीका प्रहरी निरीक्षक प्रभातकुमार गौतम नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१५ स्थित रानी बसपार्कबाट सामान बरामद गरेको हो । सामान एक लाख ३७ हजार एक सय २५ रूपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरीलाई देख्नसाथ तस्करीमा संलग्नहरु सामान छाडेर भागेका थिए । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि मङ्गलबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको एसपी लामिछानेले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]