२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

ठमेलस्थित होटल मनाङमा आयरल्यान्डका नागरिक मृत भेटिएका छन् । आयरल्याण्ड घर भएका एलेन म्याक्स फिलिप्स मृत अवस्थामा भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए ।

एसएसपी कुँवरका अनुसार फिलिप्स होटलको छैटौं तला माथिबाट खसेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनको शव होटलको पहिलो तलामा रहेको स्विमिङ पुलमा भेटिएको छ । बुधवार बिहान ३ बजेतिर फिलिप्स अरु दुईजना साथीसँग सो होटलमा पुगेका थिए ।

ठमेलस्थित न्यू एभरेष्ट होटलमा बस्दै आएका उनीहरु बाटो भुलेर सो होटलमा पुगेको अनुसन्धान अधिकृतहरु बताउँछन् । बिहान सुरक्षा गार्डले शव देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]