१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

दाङको घोराहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बुधबार बिहान साढे १० बजेतिर घोराही उपमहानगरपालिका-१४ कपासे स्थित घोराही-तुलसीपुर सडकखण्डमा दुर्घटना भएको हो।

दुर्घटना हुँदा ट्याक्टरका मिस्त्री घोराही-१० उत्तर अम्रुई बस्ने २२ वर्षीय सुदन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

उनका अनुसार रा १ त ३३७० नम्बरको ट्याक्टर सडकमा बिग्रिएको थियो। त्यसलाई तान्न अर्को रा १ त ४६११ नम्बरको ट्याक्टर बोलाइएको थियो।

त्यसक्रममा सो ट्याक्टर पनि पल्टिएर चौधरी च्यापिएका थिए।

ट्याक्टरमा च्यापेपछि उनी गम्भीर घाइते भए। उनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ।

कार्यालयले थप कानुनी प्रक्रिया अघि बढाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]