१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

काठमाडौं – श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । ११ जना प्रदर्शनकारी घाइते भएका छन् । यो घटनामा प्रहरीतर्फ पनि १० जना घाइते भएका छन् । घाइतेहरुलाई केगले अस्पतालमा भर्ना गरिएको छ ।

श्रीलंकाको रांबुक्काना भन्ने शहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाएको हो। प्रहरी प्रवक्ता निहाल तल्डुवाले बीबीसीसँग भनेका छन्–१५ घण्टासम्म प्रदर्शन गरिरहेकाहरुलाई हटाउन प्रहरीलाई गोली चलाउनु परेको थियो । यो घटनापछि रांबुक्काना शहरमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ ।

श्रीलंकामा आर्थिक संकट उच्च भएपछि जनतामा आक्रोश छ । उनीहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । यसैक्रममा मंगलबार पनि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका छन् । मंगलबार रांबुक्काना, हिंगुराकगोडा, बड्डेगामा, डिगाना, गंपोला, रत्नापुर र तेल्देनिया लगायतका स्थानमा विरोध प्रदर्शन भएको बीबीसीले जनाएको छ ।

यसैबीच श्रीलंकाका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको घटनाको अमेरिकाले निन्दा गरेको छ । श्रीलंकाका अमेरिकी राजदूत जुली चुंगले ट्वीटर लेखेकी छन्, ‘प्रदर्शनकारी होउन् या प्रहरी उनीहरु विरुद्ध हुने कुनै पनि प्रकारको हिंसाको म निन्दा गर्दछु । म सबै पक्षलाई शान्ति कायम राख्न अपिल गर्दछु ।’ घटनाको निष्पक्ष ढंगले अनुसन्धान आवश्यक रहेको भन्दै उनले जनताका जायज माग सम्बोधन हुनुपर्ने पनि बताएकी छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]