१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

कोलम्बो – आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले आईएमएफसँग आपतकालीन आर्थिक सहायता मागेको छ । श्रीलंका सरकारको बेलआउट प्याकेजमा पनि वार्ता भइरहेको छ। तर, श्रीलंकालाई आर्थिक सहायता दिनुअघि आईएमएफले भारतसँग पनि कुरा गर्ने भएको छ ।

श्रीलंकाका अर्थमन्त्री अली साबरी आईएमएफसँग आर्थिक सहायताका बारेमा छलफल गर्न अधिकारीहरूसँग वासिङ्टन पुगेका छन् ।

श्रीलंकाको अर्थ मन्त्रालयका अनुसार देशको आर्थिक संकटलाई न्यूनीकरण गर्न अर्थमन्त्रीले हालसम्म चालेका कदमको आईएमएफले प्रशंसा गरेको छ । यसअघि श्रीलंकाले आफ्नो वैदेशिक ऋणमा एकपछि अर्को गर्दै धेरै डिफल्ट गरेको थियो ।

श्रीलंकाले गत मंगलबार आफ्नो ५१ अर्र्ब डलर ऋणमा डिफल्ट गर्ने घोषणा गर्यो । श्रीलंकाको बाह्य ऋणमध्ये करिब ३६ प्रतिशत ऋण चीनको छ । श्रीलंका स्वतन्त्र भएयता कै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ ।

मुलुकमा खाद्यान्न, ग्यास, तेललगायत अत्यावश्यक वस्तुको अभाव र विद्युत् कटौतीका कारण जनता सडकमा उत्रिएका छन् । श्रीलंका सरकारका सबै मन्त्रीहरूले राजीनामा दिएपछि पुनः नयाँ मन्त्री नियुक्त गरिएको छ ।

धेरै सांसदहरूले पनि राष्ट्रपति गोटाबाया राजपाक्षेलाई दिएको समर्थन फिर्ता लिएका छन् र देशभर राजपाक्षे परिवारको राजीनामा माग भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]