१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

लेटाङमा महिला प्रहरीको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका १६ जनालाई नाबालकलाई जिल्ला अदालत मोरङले अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाइएका एक र अभद्र व्यवहारको मुद्दा चलाइएका १५ गरेर १६ जना नाबालकलाई अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो । जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार इजलासको आदेशअनुसार सबै नाबालकलाई अभिभावकको जिम्मा लगाइसकिएको छ ।

अदालतले बोलाएको वा खोजेका बेला अभिभावकले उनीहरूलाई उपस्थिति गराउनुपर्ने बुढाथोकीले बताए । लेटाङ घटनामा संलग्न भएको आरोपमा हालसम्म ७२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । तीमध्ये दुई जनालाई हाजिर-जमानीमा छाडिएको छ । पक्राउ परेकामध्ये १६ जना नाबालक थिए । प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले एक जनाविरुद्ध कर्तव्य ज्यान र १५ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा अदालतमा दर्ता गरेको हो ।

नाबालक प्रतिवादी भएका सबै मुद्दाको छिनोफानो अदालतको बन्द इजलासबाट हुने कानुनी व्यवस्था छ । घटनामा पक्राउ परेकामध्ये साबालक रहेका ४४ जनाविरुद्ध भने जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको थियो । प्रशासन कार्यालयका नायब सुब्बा रमेशकुमार निरौलाका अनुसार मुद्दाका प्रतिवादीलाई प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको इजलासले धरौटीमा छाड्न आदेश दिएको छ ।

अभियुक्तहरुलाई विगोवापत जनही १० हजार रूपैयाँ र धरौटीवापत पाँच हजार रूपैयाँ लिएर छाड्न प्रशासनले आदेश दिएको निरौलाले बताए । महिला प्रहरीको हत्या भएको लेटाङ घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये १५ जनाविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो । मुद्दा दर्ता गरिएकामध्ये १० जनामात्रै पक्राउ परेका छन् । पाँच जना अझै फरार छन् ।

लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोजकुमार पौडेलले गत चैत ४ गते सोही विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो । घटनाको विरोधमा सुरु भएको आन्दोलन हिंसात्मक झडपमा परिणत हुँदा चैत ६ गते महिला प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भयो ।

गोली प्रहारबाट उनको मृत्यु भएको खुलेको छ । शिक्षक पौडेलविरुद्ध दर्ता भएको जबरजस्ती करणी उद्योगको मुद्दामा पनि अदालतबाट आदेश आइसकेको छ । न्यायाधीश दुर्गा खड्काको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न सोमबार आदेश दिएको अदालतका सूचना अधिकारी बुढाथोकीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]