१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

काठमाडौं – बलात्कारको मुद्दामा प्रहरीको थुनामा रहेका एक प्रतिवादी वीर अस्पतालबाट गत चैत्र २९ गते फरार भएका थिए । बिरामी भएको बहानामा अस्पताल ल्याइएका राजेश तिरुवा प्रहरीलाई आँखा छलेर फरार भएका थिए ।

सिन्धुपाल्चोकका इन्द्रावती का ४५ वर्षीय तिरुवा बुढानिलकण्ठबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । तिरुवाले प्यारालाइसिस भएको भनेपछि उपचारको लागि अस्पताल लगिएको थियो ।

अस्पतालबाटै उनी फरार भएका थिए । गत माघ १६ गते महिलालाई फकाएर आफ्नो घरमै लगेर बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई बुढानिलकण्ठ नगरपालिका–१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]