१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

काठमाडौं – प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा तीनजनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापा बिर्तामोड नगरपालिका–९ ठेगाना भएका २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौति नगरपालिका–१ ठेगाना भएका २४ वर्षीय दिपेश थापा र काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने २७ वर्षीय राहुल चचान रहेका छन् ।

प्रहरीले उनीहरूलाई आइतबार र सोमबार काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट क्रिप्टोको कारोबार गर्न प्रयोग गर्दै आएको विद्युतीय उपकरण सहित पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म जम्मा ६६ करोड ७९ लाख ७९ हजार ९ सय ८३ रूपैयाँ रकम बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको खुल्न आएको छ ।

उनीहरूमाथि बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]