
काठमाडौं – ओखलढुंगामा बालयौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
१५ वर्षीया किशोरीलाई बालयौन दुर्व्यवहार गरेको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ का २० वर्षीय कमल मगरलाई प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई सुनकोसी गाउँपालिका–९, तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी मगरले बालयौन दुर्व्यवहार गरेको पाइएको छ ।
प्रहरीचौकी कोषाहाटबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।