
काठमाडौं – १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको महाङ्काल गाउँपालिका ६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
सिवाकोटीले ती किशोरीलाई ललाई फकाई २०७८ भदौदेखि पटकपटक जबरजस्ती करणी गर्दै आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी उदयपुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका ५ खोलटार बस्ने ४० वर्षीय सन्तोष जोशीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
ती किशोरीलाई सन्तोषले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। दुवै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।