११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

वासिङटन – रुसी विदेश नीतिका विज्ञले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकको अस्तित्व नै खतरामा परेको महसुस भमा मात्र आणविक हतियार प्रयोग गर्नेबारे सोच्ने बताएका छन् ।

रुसी पूर्व विदेशमन्त्री एन्द्रेई कोजिरेभले फक्स न्युज डिजिटललाई भनेका छन्, “आणविक हातहतियार प्रयोग हुन सक्छन्, तर निकै नै विशिष्ट परिस्थितिमा मात्र । यदि रुस वा अन्य कुनै मुलुकले वास्तवमा एकले अर्काको अस्तित्व नै समाप्त पार्ने स्थिति आएमा मात्र आणविक हतियारको प्रयोग हुन्छ ।”

उदाहरणका लागि यदि उत्तर एटलान्टिक शान्ति संगठन (नेटो)को फौज मस्को मै प्रवेश गरेको खण्डमा सम्भवत रुसले आणविक हतियार उठाउन सक्छ । तर, अहिलेको स्थितिमा रुसको अस्तित्वमा नै खतरा पुगेको देखिँदैन ।”

उत्तरी युक्रेनमा एक महिना लामो सैनिक अभियान बाबजुद पनि राजधानी किभ कब्जा गर्न असफल भएपछि केही सातादेखि रुसले आफ्नो दिशा परिवर्तन गरेको छ । रुसी सेनाले आफूले पहिलो चरणको लक्ष हासिल गरेको दाबी गर्दै अब दोन्बास क्षेत्रको सुरक्षामा ध्यान केन्द्रित गर्ने जनाएको छ । रुसको यस कदमलाई केहीले ‘त्याग’को बदलामा पाएको ‘सान्त्वना पुरस्कार’को संज्ञा दिएका छन् ।

हेरिटेज फाउन्डेसनका वरिष्ठ व्यक्तित्व ब्रेन्ट स्याडलरले सुझाएका छन्, “यदि रुसले दोन्बासमा अत्यधिक सैनिक पराजय भोग्नुपरेको स्थितिमा पुटिनले नियोजित आणविक आक्रमण गर्न सक्छन् । त्यस्तो स्थितिमा समाधानको खोजी र रुसी सेनामा भइरहेको शैलीलाई उल्टाउने नाममा पनि आणविक हतियारको प्रयोग हुन सक्छन् । रुसले सहरहरू नै ध्वस्त हुने गरी आणविक आक्रमण गर्ला जस्तो मलाई लाग्दैन, किनभने त्यस्तो भएमा पक्कै तेस्रो विश्व युद्धको सुरुआत हुनेछ । यदि पुटिनले आक्रमण गरेमा नेटो लक्षित मात्रै हुनेछ भनेर अनुमान गर्न सकिन्छ ।”

तर पुटिनले यदि फिनल्यान्ड र स्विडेनले नेटोको सदस्यता लिएमा आणविक आक्रमण गर्ने चेतावनी दिँदै आएका छन् । आगामी जुनमा स्पेनको म्याड्रिडमा नेटोका सदस्य राष्ट्रहरूको भेलामा फिनल्यान्ड र स्विडेनले नेटोको सदस्यताका लागि आवेदन दिनसक्ने देखिएको छ ।

आइतबार मात्र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्पूर्ण राष्ट्रले पुटिन र उनको आणविक हतियारको चेतावनीबारे चिन्तित हुनुपर्ने बताएका थिए ।

तर ‘दि फायर बर्ड : दि इलयुसिभ फेट अफ रसियन डेमोक्रेसी’का लेखक कोजिरेभले भनेका छन्, “यो पक्कै पनि रुसी नेताको टोक्ने उपाय नभएको भुकाइको घटना मात्रै हो । आफ्नो मातृभूमिको अस्तित्व नै धरापमा पर्ने स्थिति नआउन्जेल जिम्मेवार सैनिक कमान्डरहरूले सकेसम्म आणविक हतियारको प्रयोगलाई प्रश्रय दिने छैनन् ।”

पुटिनले अहिले नेटोलाई रुसका अस्तित्वका लागि निकै ठूलो खतराको रूपमा लिने गरेका छन् । तर कोजिरेभले पुटिनले आफ्नो शासन सम्हाल्न सकुन्जेल आफ्नो शक्तिको अवस्थामा नै आँच आउने त्यस्तो कुनै पनि काम गर्न नसक्ने अडान लिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]