१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

काठमाडौं – धनुषा र रौतहटमा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका–२२ बसबिट्टी कलभर्टमा सोमबार राति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । महोत्तरीबाट जनकपुर तर्फ ज्यादै गरेको ज१प ७४ ५९ नम्बरको मोटरसाइकल गए राती पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक धनुषा–७ का अन्दाजी ३२ वर्षीय मिस्री साहको उपचारको क्रममा जनकपुर स्थित प्रादेशिक अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलकाे पछाडि सवार कृष्ण दासको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।
यसै गरी रौतहटको राजपुर नगरपालिका–३ अजाद चोकमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० वर्षीय अलि अहमद रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा गौर स्थित जिल्ला अस्पतालमा राती पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौरबाट कोप्वा तर्फ ज्यादै गरेको भारतीय नम्बरको मोटरसाइकल गए राती सवा ९ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय राजपुर रौतहटले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय धिरेन्द्र प्रसाद साहको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]