१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

लखनउ – दोस्रोपटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेपछि योगी आदित्यनाथले छाडा पशुचौपायको समस्या समाधान गर्ने योजना अगाडि सारेका छन् ।

अङ्ग्रेजी अखबार ‘द इन्डियन एक्सप्रेस’ का अनुसार विधानसभा चुनावमा छाडा पशुचौपायको समस्या निकै चर्को रुपमा उठाइएकाे थियाे । साथै प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको चुनावी अभियानका क्रममा आफू फेरि सत्तामा आए यसको समाधान गर्ने बताएका थिए ।

याेगीकाे याेजनाअनुसार एक सय दिनभित्र ५० हजार छाडा जनावरलाई आश्रय दिइने पत्रिकाले जनाएको छ । छ महिनामा यो संख्या एक लाख पुर्याउने उनकाे योजना छ । यसका साथै सम्पूर्ण राज्यमा ५० गाई सेल्टरहरू स्थापना गरिनेछन् ।

प्रत्येक जिल्ला मजिस्ट्रेटले चैत १५ गतेदेखि दैनिक कम्तीमा १० वटा छाडा गाईलाई आश्रयमा लैजानु पर्नेछ । यो योजना दीर्घकालीन रूपमा लागू गर्ने अधिकारीहरूले बताएका छन् ।

सरकारले गाईको गोबर प्रयोग गरेर बायोग्यास प्लान्ट स्थापना गर्ने योजना पनि बनाएको छ । यो योजना सार्वजनिक निजी साझेदारीअन्तर्गत हुनेछ । ग्यासका लागि गाईको गोबर सिधै किसानबाट खरिद गरिनेछ ।

चुनावी प्रचारका क्रममा प्रधानमन्त्री मोदीले गाईले दूध दिन बन्द गरे गाईको गोबरबाट आम्दानी गर्ने वाचा गरेका थिए । यसबाट किसान आकर्षित हुने र छाडा गाईको संख्या कमी हुने सरकारको नीति थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]