१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

काठमाडौं – पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका नवजात जुम्ल्याहा शिशु मध्ये एकको मृत्यु भएको छ। रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको बताएका छन्।

रोनाल्डो र उनकी प्रेमिका जोर्जीना रोड्रीगेजले आफ्ना एक शिशुको मृत्यु भएको घोषणा गर्दै यो कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा भएको बताएका छन्। ३७ वर्षे रोनाल्डोकी प्रेमिका २८ वर्षकी रोड्रीगेजले जुम्ल्याहा बच्चाको जन्म दिएकी थिइन्।

उनीहरूकी छोरी भने बाँच्न सफल भइन र उनको जन्मले आफूहरूलाई यो क्षणमा केही आशा र खुसीका साथ बाँच्न बल दिएको रोनाल्डो र रोड्रीगेजले भनेका छन्। ‘हाम्रा बालक, तिमी हाम्रालागि अमूल्य उपहार थियौ, हामी तिमीलाई सधैँ माया गर्नेछौँ, उनीहरूले लेखेका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनीहरूले भनेका छन्, ‘गहिरो दु:खका साथ हामी हाम्रो छोराको मृत्यु भएको जानकारी गराउन चाहन्छौँ।’

उक्त जोडीले गत अक्टोबर महिनामा गर्भधारणबारे जानकारी सार्वजनिक गरेका थिए। उनी र रोड्रीगेजकी अर्की एक छोरी पनि छन् जसको जन्म सन् २०१७ मै भएको थियो। रोनाल्डोका यस अघि नै चार सन्तान रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]