१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

मोरङ – मोरङको सुन्दरहरैचा नगरपालिका–६ का एक व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ६४ बर्षीय देवी प्रसाद तामाङ र ३२ बर्षीय मणि कुमार तामाङ छन् । गत चैत्र ३० गते राति स्थानीय देवी प्रसाद र ४१ बर्षीय गणेश भनिने मान बहादुर तामाङविच सामान्य विबाद भई झगडा भएको थियो । बाबुलाई कुटपिट गरेको भन्दै देवी प्रसादका छोरा ३२ बर्षीय मणी कुमार तामाङले मान बहादुरलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गरेर घाईते बनाएका थिए ।

घाईते मान बहादुरलाई उपचारको विराटनगरको न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा शनिवार (बैशाख ३ गते) विहान मृत्यु भएको थियो । घटनाको लगत्तै फरार रहेका बाबु छोरालाई पक्राउ गरिएको मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]