
झापा – झापाबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। मेलम्ची नगरपालिका-१० सिन्धुपाल्चोक घर भई झापा विर्तामोड नगरपालिका-८ बस्दै आएका २८ वर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका-७ तेह्रथुम घर भई विर्तामोड-८ बस्दै आएका २७ वर्षीय धनवीर बराललाई पक्राउ गरेको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।
सोमबार दिउँसो इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मेचीनगर नगरपालिका-६ स्थितबाट पक्राउ गरेको हो।
भारतबाट नेपाल आउँदै गरेका तामाङ र बराललाई चेकजाँचको क्रममा उनीहरूको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको कार्यालयले जनाएको छ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।