
सिरहा – प्रदेश नं २ का भुमीहिन सुकुम्वासीहरुले न्यायका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई घेरेका छन ।
वुधवार प्रदेश नं २ का विभिन्न जिल्लाबाट आएका सुकुम्वासीहरुले हुकुम्वासीहरुले कव्जा गरेको जग्गा फिर्ता लिएर असली सुकुम्वासीलाई प्रदान गर्न आग्रह गरेका छन । चुरे तथा वनजंगल संरक्षण अभियानको आयोजनामा बुधवार सुकुम्वासीहरुको जुलुस नगर परिक्रमा गर्दै प्रदेश नं २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई घेरेका थिए । यद्यपी प्रहरीले उनिहरुलाई निषेधित क्षेत्र भित्र पस्न दिएका थिएन ।
निषेधित क्षेत्रभित्र जान नदिएपछि उनिहरुले विच सडकमै वसेर धर्ना दिएका थिए । धर्ना दिदै आयोजना गरिएको कोणसभामा वोल्दै सुकुम्वासीहरुले आफुहरुलाई न्याय दिनका लागि पटक पटक आन्दोलन गर्दा पनि प्रदेश सरकारले नसुनेको वताए । सुकुम्वासीको नाउमा प्रदेश नं २ का महोत्तरी बारा लगायतका जिल्लाहरुमा गैर सुकुम्वासीहरुले जग्गा कव्जा गरि असली सुकुम्वासीलाई भुमीहिन वन्न वाध्य तुल्याएको र यस विषयमा सरकारलाई जानकारि गराउदा पनि न्यायका लागि केहि पहल नगरेको ले आन्दोलन गर्न बाध्य भएको वताए । उनीहरुले अब पनि सरकारले नसुने मुख्यमन्त्री गेटकै अगाडी आमरण अनसन बसेर ज्यान दिने चेतावनी दिए ।
यता कार्यक्रममा बोल्दै चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले आमरण अनसन देखि लिएर पटक पटक विरोध सभा गर्दा पनि प्रदेश सरकारले आफनो माग र मुद्दा प्रति सम्वेदनशिल वन्न नसकेको वताउदै अब हुने आन्दोलन अन्तीम हुने र यसमा हुनजाने क्षतिको जिम्मेदवार प्रदेश सरकारनै हुने चेतावनी समेत दिएका थिए । अध्यक्ष यादवले मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र समेत वुझाएको छ ।
ज्ञापनपत्रमा उल्लेख अनुसार अभियानले उठाएको ९ बुंदे मागहरुमा प्रदेश नं २ सरकारले चुरे तथा वनजंगल संरक्षण अभियानद्धारा सम्झौता गरेको छानवीन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने,स्थानिय सरकारद्धारा भुमिहिन दलित सुकुम्वासीलाई उठीवास लगाउने कार्य वन्द गरि भुमीहिन दलित सुकुम्वसाीहरु व्स्दै आइरहेको जग्गाको लालपुर्जा जोत भोगको आधारमा वितरण गर्न माग गरिएको छ भने दलित भुमिहिन सुकुम्वसी परिवारलाई निशुल्क शिक्षा,स्वास्थय,विद्युत र खानेपानीको व्यवस्था गर्न माग गरिएको छ ।त्यस्तै सुकुम्वासी आयोग मालपोत कार्यालय र गुठी संस्थान आर्थिक प्रलोभनमा नक्कली सुकुम्वासी भुमाफियालाई जग्गाको लालपुर्जाको छानवीन गरि वदर गर्न माग गरिएको छ भने किर्ते प्रमाण खडा गर राष्टिय सम्पति आफनो नाउमा गराउने भुमाफिया लगायतलाई दोषीलाई कानुन बमोजीम कारवाही गर्नको लागि माग गरिएको छ ।
अभियानले आफनो मागमा महोत्तरीको भंगहा नगरपालिका वार्ड नं ४ थारु टोलमा वास्तविक भुमिहिन दलित सुकुम्वासीहरुलाई बस्दै,जोतभोग गर्दै आएको जग्गा नक्कली सुकुम्वासीको नाउमा रहेको,बारा जितपुर सिमरा नगरपालिका मथुरापुर टोल प्राथमिक विद्यालयको भवन भएको जग्गा ,छठघाट,सार्वजनिक बाटो ,भुमिहिन दलित सुकुम्वासीहरु वस्दै आएको जग्गा नक्कली सुकुम्वासीको नाउमा साढे आठ विघा जग्गा कव्जा गरिएको र कलैया उपमहानगरपालिकाको वार्ड नं २४ सखुइ टोलको सार्वजनिक जग्गा १२ कठठा भुमाफिया चन्द्र्रकेत खां धामीले किर्ते प्रमाण खडा गरि आफनो नाउमा गरेको ले वदरको माग गरिएको छ ।
धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वार्ड नं ४ विरेन्द्र बजार पथराही टोलको एलानी जग्गामा दलित भुमिहिन सुकुम्वासीहरु पुस्तौ देखि वस्दै आएको सात विगहा जग्गा भुमाफियाले किर्ते प्रमाण खडा गरि आफना नाममा गराएको वदर हुनुपर्ने माग गरिएको छ भने वीरगंज महानगरपालिका वार्ड नं २ छपकैया स्थित विरगंजबाट रक्सौल जाने बाटो मेनरोडमा रहेको राष्टको वहुमुल्य धार्मिक सम्पदा छपकैया पोखरी भुमाफिया प्रमोद विक्रम साहले किर्ते प्रमाण खडा गरि आफनो नाममा गराएको ले वदर गर्नुपर्ने माग गरिएको छ ।
त्यसैगरि जीतपुर सिमरा उपमहानगरपालिका वार्ड नं १७ स्थित श्री नेरा मावि जैइतापुरले ऐलानी खेती योग्य जग्गा १ विगहा १३ कठठा जोतभोग गर्दै आएको तर नकली सुकुम्वासीले किर्ते प्रमाण खडा गरि सुकुम्वासी आयोगबाट आफनो नाममा पुर्जा लिएकोले वदर हुनुपर्ने माग गरिएको छ भने भारत विहार छपराका पंडितले नेपालको वीरगंजमा स्थायी बसोबास गरी किर्ते प्रमाणको आधारमा नागरिकता प्राप्त गरी वीरगंजको माइ स्थानको गिता मन्दिर तथा राम मन्दिर सहितको जग्गा आफनो नाममा पुर्जा कायम गराई व्यक्तिगत लाभ लिदै आएको र सो जग्गा विक्री गरि साविक ठेगाना भारत विहार छपरा जाने तयारीमा रहेकोले छानवीन गरि धार्मिक सम्पदाको संरक्षण गर्न माग गरिएको छ ।

नीजगढ नगरपालिकाले गिटी बालुवा उत्खनन गर्न लगाइएका ठेग्गा बदर र चुरे क्षेत्रलाई अवैधानीक ठेक्का लगाउनेलाई कारवाहीको माग गरिएको छ । त्यसैगरि अवैध गिटी बालुवा उत्खनन ,अवैध क्रसर उद्योग र वन अतिक्रमण वन्द गरि चुरे तथा वनजंगलको सरक्षणको माग उठान गरिएको छ ।
चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय सदस्य अमन कुमार यादवको संचालनमा र राष्टिय अध्यक्ष सुनिल कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्टीय सदस्यहरु विजय कुमार यादव,चन्द्रकिशोर यादव,लक्ष्मण दास,अरुण दास,कुशेस्वर राउत,अजय मण्डल,विरवहादुर थारु,सोनिया सदाइन,लक्ष्मण ठाकुर,अभियानको आमा,फुलदेवी खत्वे,रामसुन्दर राय,रामबाबु महतो,रामप्रवेस साह,शनि देवी यादव,फुल झारु देवी दास,सुनिता साह,मनोज कुमार महरा लगायत सयौ अभियानीहरुको उपस्थिती रहेको थियो ।