
माछा मार्न बनाएको बम पड्किँदा लमही नगरपालिका–८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारी लगायत पाँचजना घाइते भएका छन् ।
घटना आइतबार बेलुकी भएको प्रहरीले जनाएको छ । लमही नगरपालिका–८ असानिस्थित राप्ती नदीमा माछा मार्नका लागि बनाइएको बम हातमा नै पड्किएको थियो ।
बम पड्कँदा घाइते भएपछि उपचारको लागि उनीहरूलाई लमही दाङतर्फ पठाएको थियो ।
उपचारपछि एकजना डिस्चार्ज भएका छन् भने अन्य घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।