१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०५, २०७९

पाँचथर – पाँचथरको फिदिममा घर निर्माण गर्न शिलान्यास गर्ने क्रममा माथिबाट झरेको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

घटनामा पूर्व शिक्षक एवं माओवादी केन्द्रका नेता गोपाल प्रकाश ढुंगानाको मृत्यु भएको हो । ढुंगानालाई मदन पन्थाक परिवारले शिलान्यासका क्रममा पुजारीको रुपमा बोलाएको थियो ।

पहिरोले पुर्दा १० वर्षीया क्याट्रिना पन्थाक घाइते भएकी छन् । घाइतेलाई उपचारका लागि फिदिमस्थित समर्पित अस्पतालमा भर्ना गरिएको छ ।

आज (सोमबार) बिहान साढे आठ बजे छिमेकी पन्थाकको घर सम्याइएको घडेरीमा घर निर्माणका लागि शिलान्यास गर्ने क्रममा अर्का छिमेकी लेखनाथ खतिवडाको सेप्टिक ट्यांकी फुटेर पहिरोको रुप लिँदै आएको ढुंगा र माटोले ढुंगानालाई पुरेको थियो ।

एक्सकाभेटर प्रयोग गरेर ढुंगानालाई बाहिर निकालिए पनि उनको त्यसअघि नै ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

६७ वर्षीय सेवा निवृत्त शिक्षक ढुंगाना सुखवोध मावि जोरसालका पूर्व प्रधानाध्यापक, एवं नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका पूर्व सभापति थिए । पछिल्लो समय माओवादी केन्द्रमा प्रवेश गरेका उनलाई सो पार्टीले प्रदेश सल्लाहकार परिषद् सदस्य एवं जिल्ला सदस्यको जिम्मेवारी दिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]