काठमाडौं– दोर्दी खोला जलविद्युत् कम्पनीले वैशाख १३ गतेदेखि आईपीओ निष्कसशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
उक्त सेयरमा आयोजना प्रभावित क्षेत्र लमजुङको दोर्दी गाउँपालिकाका बासिन्दाले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन बन्द छिटोमा वैशाख २७ गते हुनेछ। सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद जेठ ११ गतेसम्म लम्बिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले सिद्धार्थ बैंकको बेँसीसहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेँसीसहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटले जनाएको छ ।