१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०५, २०७९

बाजुरा – केन्द्रमा आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने सत्ता साझेदार दलहरुले सहमतीको प्रयास गरे पनि जिल्लाहरुमा यसको प्रभाव देखिएको छैन । जिल्लामा विभिन्न दलका नेता तथा कार्यकर्ताले आफूहरु गठबन्धनको विपक्षमा रहेको बताइरहेका छन् ।

विशेषगरि सत्तारुढ नेपाली कांग्रेसका विभिन्न जिल्ला समितिहरुले आफूहरु गठबन्धनको विपक्षमा रहेको बताउन थालेका छन् । यहीबीच बाजुरामा पनि गठबन्धन नहुने निश्चित भएको छ ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । नगरको कांग्रेस बैठकले यो निर्णय गरेको हो ।

पालिका अध्यक्ष कांग्रेसले पाउनु पर्ने माग गर्दै आएको कांग्रेसले अन्य दलले यसमा सहमती नदिएपछि यस्तो निर्णय गरेको हो । त्यहाँ नेकपा एकीकृत समाजवादी पार्टीले यसको विरोध गर्दै आफूहरुले नै पालिका अध्यक्ष पाउनु पर्ने माग गरेको छ । स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा एकीकृतले आफूहरु बलियो रहेको दाबी गर्दै पालिका अध्यक्ष आफूले पाउनु पर्ने माग गरेको हो ।

तर, आफ्नो बहुमत हुँदाहुँदै समाजवादी र माओवादीलाई अध्यक्ष वा उपाध्यक्षमा समर्थन गर्न नसकिने कांग्रेसको तर्क छ । कांग्रेसले यही कारणले आफूहरुले त्यहाँ गठबन्धन नगर्ने निर्णय गरेको नेपाली कांग्रेस बाजुराका प्रदेशका प्रदेश सचिव जनम धामीले बताए ।

२०७४ को स्थानीय तह निर्वाचनमा स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा एमालेले जितेको थियो । नेकपा एमाले बाट निर्वाचित गाउँपालिका अध्यक्ष चिरञ्जिवी शाही र उपाध्यक्ष मिमा बुढा नेकपा एमाले बिभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]