
सोमबार देशका केही पहाडी भूभागमा चट्याङ र केही वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो केही वर्षा र राति आंशिक बदली हुनसक्नेछ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाउँदै सोमबार दिउँसो र राति पनि मौसममा सामान्य बदली आउन सक्ने जनाएको छ । जसकारण एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा हुने सम्भावना छ ।