१८ मंसिर २०८०, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०५, २०७९

काठमाडौं : महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज बस्दै छ। बैठक बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

स्थानीय निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ। मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन्। उसले सिटमा भागबण्डा पनि गर्न सकेको छैन्।

गठबन्धन दलको बैठकको निर्णय अनुसार महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगाउने जिम्मा केन्द्रलाई दिएको छ। गठबन्धन दलमा सीट बाँडफाँटमा अझै कुरा मिलेको छैन। नेकपा माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ। एकीकृत समाजवादीले एक महानगर र तीन उपमहानगरमा दाबी गरिरहेको छ।

यस्तै जनता समाजवादी पार्टीले पनि एक महानगर र ती उपमहानगरमा दाबेदारी प्रस्तुत गरिरहेको छ। भागबण्डा नमिले आफू गठबन्धनबाट बाहिरिने एकीकृत समाजवादीले चेतावनी दिएको छ। यस्तै माओवादी केन्द्रले आफूले भरतपुर महानगर पाउनुपर्ने दाबी गर्दै आएको छ।

६ वटा महानगरपालिका र ११ वटा उपमहानगरका उम्मेदवार सहमतीमा टुंगो लगाउने गरी सत्ता गठबन्धनको बैठक बोलाइएको नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए। सहमती नभए मित्रवत प्रतिस्पर्धामा जाने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]