१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

नेपालमा आगामी तीन दिनसम्म तापक्रममा बृद्धि हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजुधर प्रधानाङ्गले मंगलबारसम्म देशका विभिन्न स्थानमा तापक्रम बृद्धि हुने बताएका हुन् ।

केही दिनदेखि तापक्रम बृद्धि भइरहेको उल्लेख गर्दै उनले अझै केहि दिनसम्म तापक्रम बृद्धि कायम रहने बताए । हाल नेपालको माथिल्लो वायु मण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेकाले तापक्रम बृद्धि भएको उनले बताए । केही दिनपछि भने उच्च चापीय प्रणालीको प्रभाव कम हुने र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने हुनाले तापक्रममा कमि आउने सम्भावना भएको बरिष्ठ मौसमविद् प्रधानाङ्गले बताए ।

उनले तराई क्षेत्रमा भने बढी नै तापक्रम बृद्धि हुने बताए । हाल तराईका केही स्थानहरुमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको भन्दै उनले यो क्रम केही दिनसम्म रहने बताए । उनले अहिले तापक्रम बढ्ने सिजननै भएकाले पनि तापक्रम वृद्धि भइरहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]