२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

काठमाडौँ — भन्सार छलेर कपडा ल्याउने १ भारतीय नागरिकसहित ६ जना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । ४२ करोड ४ लाख रुपैयाँ बराबर बिगो तथा जरिवाना माग गर्दै विभागले आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएका व्यक्तिहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १८ का रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, पाँचखाल नगरपालिका वडा नम्बर ४ काभ्रे घर भएका श्याम कुमार श्रेष्ठ, गुल्मी वाग्ला ७ स्थायी ठेगाना भएका विष्णु एन्ड विकेश सप्लायर्सका सञ्चालक विष्णु प्रसाद घिमिरे, विष्णु एन्ड बिकेश सप्लायर्सको वीरगन्जमा कारोबार हेर्ने रमाशंकर गुप्ता तथा काठमाडौंको कारोबार हेर्ने मनोज कुमार कलवार र भारतीय नागरिक अमित कुमार अग्रवाल छन् ।

अग्रवाल बिरुद्ध राजस्व अनुसन्धान विभागले यसअघि पनि ३ करोड ८० लाख रुपैयाँ बराबर राजस्व छली गरेको अभियोगमा गत चैत चेस्रो साता मुद्दा दायर गरेको थियो । भारत पश्चिम बंगाल राज्य सिलगुरी थाना स्थायी ठेगाना भई काठमाडौं ताहाचल बस्दै आएका अग्रवालले बिमला इन्टरप्राइजेजका नामबाट व्यवसाय गरिरहेका थिए । उक्त फर्मले भन्सार चोरी पैठारी गरी भारतीय कपडा लगायतका वस्तु काठमाडौं ल्याई बिना बिलबिजक बिक्री वितरण गरेको र राजस्व छली गरेको विभागले जनाएको छ ।उनीहरुविरुद्ध ४२ करोड ४ लाख ७६ हजार रुपैयाँ बराबर बिगो तथा जरिवाना कायम गरेर मुद्दा दायर गरिएको छ । यो राजस्व छली प्रकरणमा मुछिएका श्याम कुमार श्रेष्ठ सवारी धनी हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]