०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

पोखरा – कांग्रेसको विधानले चुनावका लागि आकांक्षी सिफारिस गर्दा कुनै प्रकारको शुल्क लिन रोक लगाएको छ । आसन्न स्थानीय तहमा आकांक्षीबाट शुल्क नलिन भनेर गत चैत २७ गते कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सबै जिल्ला कार्यसमितिलाई परिपत्र नै गरे ।

“विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावलीबमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने सदस्यता शुल्क तथा सहयोग रकम उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउन हुन जानकारी गराइन्छ । सोबाहेक उमेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले अन्य कुनै पनि प्रकारको रकम माग गर्न–उठाउनु विधानविपरीत हुने भएकाले त्यस्तो कार्य नगर्न नगराउन हुन समेत निर्देशनानुसार अनुरोध गरिन्छ,” परिपत्रमा भनिएको छ ।

गत मंसिरमा सम्पन्न कांग्रेस महाधिवेशन अगाडि सम्पन्न जिल्ला तथा क्षेत्रीय अधिवेशनमा पनि कांग्रेसले शुल्क लिएर मात्रै उमेदवारी दिने व्यवस्था गरेको थियो । उमेदवारी शुल्क भन्दा विधान विपरीत हुने भएकाले कांग्रेसले त्यसलाई स्वेच्छिक सहयोग भन्यो । तर, शुल्क उठाउन चाहिँ छाडेन ।

यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि उमेदवारको टुंगो करिबकरिब यही हप्ताभित्रै लाग्ने छ । एक स्थानीय तहमा दर्जन बढी आकांक्षी छन ।

सोही सन्दर्भमा कांग्रेस पोखरा महानगरपालिका समितिले शनिबारदेखि आकांक्षीको लागि आवेदन खुलायो ।

आकांक्षीले महानगर समितिले तयार पारेको ढाँचामा आफ्नो आवेदन बुझाउनपर्थ्यो । तर, आवेदनपत्र दिनुअगावै आकांक्षीले महानगर समितिका लागि सहयोग रसिद काट्नुपर्‍यो ।

महानगरले मेयरका लागि २५ हजार र उपमेयरका लागि २० हजार शुल्क तोकेको थियो ।

आइतबार अपराह्न ४ बज्दासम्म खोलिएको आवेदन भर्ने आकांक्षीबाट कांग्रेसले सहयोगमा नाममा ६ लाख ५० हजार रुपैयाँ उठाएको छ ।

चार बज्दासम्म मेयरका १८ जना आकांक्षीबाट चार लाख ५० हजार रुपैयाँ र १० जना उपमेयरका आकांक्षीबाट दुई लाख रुपैयाँ गरी साढे ६ लाख रुपैयाँ उठाएको हो ।

आइतबार अपराह्न ४ बजेसम्मको समयसीमाभित्र मेयरमा १८ जनाको आवेदन परेको कांग्रेस महानगर समिति सचिव गणेशबहादुर थापाले जानकारी दिए ।

मन्त्री, पूर्वसचिवदेखि व्यवसायीसम्मको आवेदन
उनकाअनुसार मेयरमा गण्डकीका कानून सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले आवेदन दर्ता गराएका छन । पूर्वसचिव बाबुराम आचार्यदेखि कांग्रेस गण्डकी सहमहामन्त्री कोपिला रानाभाटको पनि मेयरमा आवेदन परेको छ ।

व्यवसायी पृष्ठभूमिबाट किरन केसी, गणेशबहादुर भट्टराई, विश्वशंकर पालिखेको पनि मेयरका लागि आवेदन परेको छ ।

यी हुन्, पोखराको मेयरमा कांग्रेसका आकांक्षी
१. सुदिपमोहन भट्टराई
२. परमेश्वर पोखरेल
३.निर्मल प्रसाद कर्माचार्य
४. कृष्ण बहादुर केसी
५. बाबुराम आचार्य
६. सरास्वती गुरुङ्
७. नन्द प्रसाद तिवारी
८. गंगाधर पराजुली
९. विरेन्द्र नारायण विजुक्छे
१०.विश्वशंकर पालिखे
११. किशोरदत्त बराल
१२. विन्दुकुमार थापा
१३. बाबुराम गिरी
१४. गणेश बहादुर भट्टराई
१५. कोपिला रानाभाट
१६. किरण के.सी.
१७. विश्व घिमिरे
१८. ऋषि सापकोटा

उपमेयरमा १० जना
१. माया बराल कार्की क्षेत्री
२.लक्ष्मी पाण्डे क्षेत्री
३. रंगिला आचार्य
४.आनन्दी राणा कार्की
५. टिका कुमारी गुरुङ
६. दिपक मल्ल
७. मिलन थापा
८. चिनु गुरुङ
९. शिव केसी
१०. गोविन्द नेपाली

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]