सिरहा – सिरहा प्रहरीले प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नगरपालिका–६ डोहटियाका २५ वर्षीय दिपेश रामलाई २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले उनलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ ।