०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

स्याङ्जा – स्याङ्जाको वालिङमा भएको बोलेरो जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। घाइते ६ जनालाई पोखरा पठाइएको प्रहरीले जनाएको छ। वालिङ नगरपालिका १२ बाट वालिङबजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप आइतबार बिहान दुर्घटना भएको थियो।

घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपछि पोखरा पठाइएको हो। दुर्घटनामापरी मृत्यु हुनेमा डाँडाखर्कका ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीय हिरा डाला, २५ वर्षीया शमिला सारु, सारुका ७ महिने छोरा र ६१ वर्षीय कुलकुमारी कनौजे रहेको प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिए।

स्याङ्जामा जीप दुर्घटना, ११ जना घाइते
स्याङ्जा जीप दुर्घटना : घाइते ५ जनालाई रेफर गरियो
यसैगरी, सोही स्थानका ६० वर्षीय वीरबहादुर दाला, ५५वर्षीया मायाकुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीय नविना सारु, १९ वर्षीया लक्ष्मी दाला र जीप चालक ६० वर्षीय दलबहादुर थापाको थप उपचारका लागि पोखरा स्थित गण्डकी मेडिकल कलेजमा पठाइएको छ।

आइतबार बिहान १० बजेतिर भएको सो दुर्घटनामा परी घटनास्थलमै ४ जनाको मृत्यु भएको र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो। जीपमा सवार यात्रु संख्या नखुलेको र दुर्घटनाका बारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय वालिङ्का प्रमुख एवं प्रनाउ ढकेन्द्र खतिवडाले जानकारी दिए।

जीप कच्ची सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]