१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

सप्तरी – जल तथा मौसम पूर्वानुमान महाशाखाको अभिलेख अनुसार वैशाख महिनामा काठमाडौंमा सामान्यतयाः अधिकतम तापक्रमको औसत मात्रा २८ दशमलव २ डिग्री सेल्सियस हो । यतिबेला काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगिसकेको छ । जुन औसत भन्दा ४ डिग्री सेल्सियस बढी हो ।

यद्यपी काठमाडौंमा वैशाख महिनामा सबैभन्दा बढी तापक्रम सन् १९९९ मा मापन भएको थियो । त्यो वर्ष काठमाडौंमा अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो ।
यस्तै सुदूरपश्चिमको धनगढीको औसत अधिकतम तापक्रम ३५ दशमलव ९ डिग्री सेल्सियस हो । अहिले धनगढीको अधिकतम तापक्रम ३८ दशमलव ६ डिग्री सेल्सियस पुगेको छ । त्यहाँपनि औसतभन्दा ३ डिग्री सेल्सियस तापक्रम बढेको छ ।
काठमाडौंसहित देशका अन्य भूभागमा पनि औषतमा अधिकतम तापक्रम ४ डिग्री सेल्सियस हाराहारी बढेको मौसमविद् बिनु महर्जनले रातोपाटीलाई जानकारी दिइन् ।
देशका मुख्य स्थानहरुमा गरिएको तापक्रमको रेकर्ड अनुसार दिपायलमा अधिकतम तापक्रम ३६ दशमलव ८ डिग्री सेल्सियस, न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस, नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव ५ डिग्री सेल्सियस, न्यूनतम तापक्रम १८ दशमलव ४ डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस, न्यूनतम तापक्रम १८ दशमलव ४ डिग्री सेल्सियस, भैरहवामा अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस, न्यूनतम तापक्रम २० डिग्री सेल्सियस, विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव २ डिग्री सेल्सियस, न्यूनतम तापक्रम २२ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

यस्तै धरानको अधिकतम तापक्रम ३६ दशमलव २ डिग्री सेल्सियस, न्युनतम तापक्रम २४ दशमलव ५ डिग्री सेल्सियस, जनकपुरको अधिकतम तापक्रम ३८ दशमलव ८ डिग्री सेल्सियस, न्यूनतम तापक्रम १९ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । जिरीको अधिकतम तापक्रम २६ दशमलव २ डिग्री सेल्सियस, न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

प्रिमनसुनको समय अप्रिल र मार्चमा सामान्य भन्दा तापक्रममा बृद्धि हुने गरेको मौसमविद् महर्जनले जानकारी दिइन् । यस्तै आज देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]