सप्तरी – सोलुखुम्बुको लुक्लाबाट उडेको समिट एयरको जहाज त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा आपतकालिन अवतरण गरिएको छ। त्रिअवि नागरिक उड्डयन कार्यालयका अनुसार समिट एयरको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आपलकालिन अवतरण गरिएको हो।
सो जहाज आइतबार बिहान ११ :५० बजे एउटा इन्जिनको सहायताले अवतरण गराइएको हो। नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले इन्जिनमा समस्या आएपछि एउटा मात्र इन्जिनको भरमा अवतरण गराइएको बताए। सो जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए।