
सिरहा – सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख डीआईजी गणेश ठाडा मगरको निर्देशणमा सर्लाहीबाट अबैध रुपमा दुधको ट्यांकर भित्र लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले यूरिया मल बरामद गरेका छन् ।
डीआईजी मगरका अनुसार सर्लाहीको बागमती नगरपालिका २ नायारोड बरहथवा सडक खण्डको गुम्वा चौकमा सुरक्षा बेस धरहाराबाट सशस्त्र प्रहरी निरिक्षक योगराज थापाको नेतृत्वमा रहेका सशस्त्र प्रहरीको टोलीले बरहथवाबाट नाया रोड तर्फ आउदै गरेका ना ६ ख २२६६ नम्वरको दुध बोकने टयांङ्गकरलाई शंका mागि चेकजाँच गर्दा उक्त टयांङ्गकरको २ खण्ड मध्ये एक खण्डमा अबैध रुपमा लुकाई ल्याउदै गरेका २५ हजार मुल्य बराबरको २५ बोरो यूरिया मल बरामद भएको हो ।
बरामद गरिएको मल सहित टयांङ्गकर र टयांङ्गकरका चालक,सहचालकलाई भन्सार कार्यालयमा बुझाईएको हो ।